Banner News

वामदेव गौतमले दिए एमालेबाट राजीनामा



काठमाडौँ, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएका छन् ।

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए । सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन ।