Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ४ पौष । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरेका हुन ।
सार्वजनिक निर्णयहरु :

१. निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
२. सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको छ ।
३. संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको छ ।
४. अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने साथै खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको छ ।
५. मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय भएको छ ।
६. कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको छ ।