Banner News

सत्तारुढ दलको बैठक निष्कर्षविहीन



काठमाडौँ, ९ पौष । नयाँ सरकार गठनको लागि छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक निष्कर्ष विना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने भोलि बैठक बसेर टुङ्गो लगाउने बताए।

उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै देशलाई नागरिकको आकाङ्क्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए ।