अर्थ

घट्यो सुनको मूल्य



काठमाडौँ, ६ फागुन । नेपाली बजारमा बुधबार (फागुन ६) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला तीन लाख ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन हिजो तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर चार हजार ८८० निर्धारण भएको छ । अघिल्लो दिन चार हजार ८८५ रुपैयाँ थियो ।