अर्थ

 नेप्से परिसूचक २.४१ अंकले बढ्यो



काठमाडौँ, ११ फागुन । आज सेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक २.४१ अंक बढेको छ । यसअघि हिजो २७.५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ५ अर्ब १३ करोडको भयो । समग्र बजार बढ्दा पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.२८, विकास बैंक ०.९०, फाइनान्स ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७ तथा अन्य ०.०८ प्रतिशत बढे ।

त्यस्तै होटल तथा पर्यटन ०.३५, हाइड्रोपावर ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.०३ प्रतिशत घटे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.२८, सपोर्ट माइक्रोफाइनान्सको ६.१०, नेपाल एसबीआई बैंकको ६, हिमस्टार ऊर्जा कम्पनीको ५.९६ प्रतिशत मूल्य बढ्यो ।

मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, एसवाई प्यानल, सीईडीबी होल्डिङ्स, ङादी ग्रुप क्रमशः अगाडि रहे ।