अर्थ

रास्वपा नेताका छोरा ठगी मुद्धामा पक्राउ



झापा, १३ फागुन । झापा बिर्तामोडका रास्वपाका नेता बलराम कार्कीका छोरा ठगी मुद्धामा पक्राउ परेका छन् ।

उनीविरुद्ध गत मंसीरमा मुद्धा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको तीन महिनापछि झापा प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो ।झापा प्रहरीले कार्कीका २४ वर्षीय छोरा विभुतजंग कार्कीलाई मेचीनगरको एक सुधारगृहबाट नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध झापा अर्जुनधारा – ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इप्रका बिर्तामोडमा ठगी मुद्धा दर्ता गराएका थिए ।

जाहेरवालाका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई कुराकानीपछि विवाह गर्ने शर्तमा कार्कीले कलेज खर्च भन्दै ३ लाख १५ हजार रुपैयाँ मागेको प्रहरीले जनाएको छ । कार्कीले पटक–पटक गर्दै उक्त रकम लिएका थिए । किशोरीको नाममा पैसा मगाएर कार्कीले खाइमासेको झापा प्रहरीले जनाएको छ ।