समाचार

करेन्ट लागेर टिपरमा चालकको मृत्यु



काठमाडौँ, १५ फागुन । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको अज बिहान मृत्यु भएको हो ।

टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा छोइँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गाडीको केही भागमा आगलागीसमेत भएको थियो ।

करेन्ट लागेको थाहा पाएपछि चालक साह हाम फालेका थिए । गम्भीर घाइते अवस्थाका उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।