समाचार

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, १५ फागुन । चितवनको राप्ती नगरपालिका–७ पम्फा पुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।