काठमाडौँ, १७ फागुन । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको छ ।
कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट चार करोड २३ लाख २४ हजार मूल्यबराबरको धान खरिद गरिएको हो ।
साथै, कार्यालयको गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो ।
गत मंसिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्