अर्थ

स्याउको मूल्य घट्यो



काठमाडौँ, १७ फागुन । बजारमा स्याउको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्याउको मूल्य घटेको हो ।

हिजो शनिबारको तुलनामा आइतबार झोले स्याउको मूल्य घटेको छ । आज झोले स्याउको मूल्य प्रतिकिलो थोकमा अधिकतम २ सय ५० रुपैयाँ छ । औसतमा भने २ सय १६ रुपैयाँ कायम छ । हिजो शनिबार प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ तथा औसतमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

फुजी स्याउको भाउ स्थिर छ ।  थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ तथा औसतमा भने २ सय ७५ रुपैयाँ कायम छ ।