काठमाडौँ, १७ फागुन । सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका-१२ पुर्वकुशाहास्थित सडकमा को.३६ प ३२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बस्ने ६५ वर्षीय गम्भीर लाल उराव र सोही नगरपालिका-१२ बस्ने ६० वर्षीय कैयालाल चौधरीको शनिबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका गम्भीर लालको विराट मेडिकल टिचिङ अस्पताल बुढीगंगामा र कैयालालको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्