काठमाडौँ, १९ फागुन । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।
राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही फागुन २५ गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्