समाचार

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा



काठमाडौँ, १९ फागुन । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । 

आज दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन । 

ललितपुर प्रहरका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडक प्रभावित भएको थियो । अहिले सडक सञ्चालनमा आइसकेको छ ।

आगालागी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन ।