समाचार

बमसहित तीनजना पक्राउ



काठमाडौँ, २० फागुन । नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा तीनजना पक्राउ परेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको उक्त अभियानलाई सुरक्षा निकायले ठूलो सफलताका रूपमा लिएको छ । 

गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीनजनालाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव छन् । उनीहरूको साथबाट नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको हो । 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।