काठमाडौँ, २५ फागुन । काठमाडौँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकैको झ्याङमा एक पुरुषको शव भेटिएको हो ।
अन्दाजी ४० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । आइतबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्