काठमाडौँ, २५ फागुन । निर्वाचनको मौका छोपी मतदान गर्न लुकिछिपी आएका तीन जना फरार कसूरदारलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई र विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अर्जुनचौपारी गाउँपालिका–५ का ४० वर्षीय प्रेमबहादुर दर्जी रहेका छन् । यस्तै, बहुविवाह मुद्दामा २ वर्ष ५ महिना १३ दिन कैद सजाय बाँकी रहेका आँधीखोला गाउँपालिका–४ का ७४ वर्षीय रामबहादुर कामी र बैंकिङ कसुरमा २ दिन कैद सजाय तोकिएका पुतलीबजार नगरपालिका–५ का ५८ वर्षीय बुद्धिमान शाही पनि पक्राउ परेका छन् ।
निर्वाचन लक्षित सुरक्षा रणनीतिअनुसार मतदान प्रक्रिया सकिए लगत्तै उनीहरूलाई फागुन २१ गते पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई कैद भुक्तान र जरिवाना असुलका लागि सोमबार स्याङ्जा जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्