समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ



काठमाडौँ, २६ फागुन । संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई सोमबार पक्राउ १ थान भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।