समाचार

कैलालीमा एक प्रहरी जवानको मृत्यु



काठमाडौँ, २६ फागुन । कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर चनाराको मृत्यु भएको हो ।

सोही कार्यालयको छतबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीले जनाएको छ ।

सोमबार राति ११ करिब बजे चनारालाई अर्का सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए । अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

बझाङका बासिन्दा चनारा ६ महिनायता उक्त कार्यालयमा कार्यरत थिए । उनको मृत्यु घटनाका विषयमा थप छानबिन गर्न डीएसपी तिमिल्सिनाको संयोजकत्वमा समिति बनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।