काठमाडौँ, २६ फागुन । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रातो पासपोर्ट (कूटनीतिक राहदानी) फिर्ता गरेका छन् ।
खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका हुन् । खनालले आज अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेखेर आफ्नो राहदानी बुझाएका हुन् ।
पत्रमा खनालले रातो पासपोर्टको प्रयोजन समाप्त भएको उल्लेख सो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिदिन प्रशासन महाशाखामा बुझाएका छन् ।
“अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्