अर्थ

नेप्से परिसूचक ४६.७८ अंकले घट्यो



काठमाडौँ, २७ फागुन । आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ ।

मगंलबार ३२.०८ अंकले घटेको नेप्से बुधवार ४६.८७ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले घटेको छ ।

बुधवार ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । 

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । व्यापार उपसमूह ३.४० प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको १ प्रतिशत बढीले घटेको छ ।