काठमाडौँ, २८ फागुन । सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साहको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते हुनुभएका अमरलालको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।
स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्