समाचार

हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु



सुर्खेत, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ ।

जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।