अर्थ

अमलाको मूल्य घट्यो



काठमाडौँ, २९ फागुन ।  बजारमा अमलाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अमलाको मूल्य घटेको हो ।

आज अमलाको मूल्य थोकमा प्रतिकलो २० रुपैयाँ घटेको छ । हिजो बिहीबार १ सय ३० रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय १० रुपैयाँमा झरेको छ ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।