समाचार

काठमाडौँमा एक पुरुषको शव फेला



काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्‍वर गल्ली एरियामा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार पुरुष अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । मृतक पुरुषको पहिचान भने खुलेको छैन ।

सडक नजिकै खाली जग्गामा उनको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।