काठमाडौँ, ३० फागुन । धनुषामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ मा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
बीआर ३० एजि १२२६ नम्बरको भारतीय मोटरसाइकल र बागमती प्रदेश ०६–००५ प ३२७८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बागमती प्रदेशको मोटरसाइकलमा सवार महोत्तरी एकडारा गाउँपालिका–३ की ५५ वर्षीया पवन देवीको ज्यान गएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न भारतीय मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्