समाचार

चट्याङ लागेर एक जना घाइते



काठमाडौँ, १ चैत । गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

आज घरको भान्सा कोठामा काम गरिरहेकी स्थानीय ५० वर्षीया मन्जु ज्ञवालीलाई चट्याङ लाग्दा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि रिडी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।