काठमाडौँ, १ चैत । सुनसरीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–१३, जिरो प्वाइन्टस्थित एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
पक्राउ पर्नेमा धरान–१६ का ३२ वर्षीय किशन घिमिरेसहितका व्यक्तिहरू छन् । शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद दुई लाख एक हजार ८२५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्