काठमाडौँ, २ चैत । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्