अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।