जनकपुरधाम, ४ चैत । अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।
विवाहको लामो समय हुँदा दुवैका सन्तान नभएको र त्यही प्रसंगमा बहिनीमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको मृतक विभाका दाजु मनिषकुमार महतोको आरोप छ । विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्