अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।