काठमाडौँ, ५ चैत । काठमाडौँको सुकेधारामा बोलेरो जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सर्लाही घर भएर काठमाडौँको बालुवाखानी बस्दै आएका ३७ वर्षीय वीरेन्द्र शाह छन् ।
चैत ३ मा दिउँसो राजेश हर्डवेयरबाट सामान झारेर निस्कँदै गरेको बा.१५ च ८५५० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । उपचारको क्रममा ओम अस्पतालमा शाहको मृत्यु भएको हो ।
बोलेरो चालक ओखलढुङ्गा घर भएर नयाँ बानेश्वर बस्ने २३ वर्षीय सुनिल राईलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्