काठमाडौँ, ६ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।
त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्