काठमाडौँ, ६ चैत । पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले आज बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट वीरगञ्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० लाख रकम फेला पारेको थियो ।










प्रतिक्रिया दिनुहोस्