समाचार

पाथीभरा मन्दिर क्षेत्रमा हिमपात



काठमाडौँ, ७ चैत । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।

शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएकोले पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यसवर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ ।

हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् ।