समाचार

सडक छेउबाट लडेर एक वृद्धको मृत्यु



काठमाडाैँ, ७ चैत । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्रममा अचानक सडक छेउबाट करिब १० मिटर तल खस्दा स्थानीय ७५ वर्षीय ज्ञानेश्वर पाण्डेको मृत्यु भएको हो ।

स्थानीयले घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा तत्कालै घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।