अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।