समाचार

कपिलवस्तुमा विवाद नटुङ्गिएसम्म निषेधाज्ञा जारी



काठमाडौँ, ८ चैत । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बीचको विवाद टुङ्गिएको छैन ।

मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो । 

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । झडपमा ३ जना घाइते भएका थिए । 

जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्र हुँदै बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा अहिले पनि निरन्तर छ । विवाद समाधान गर्न अहिले सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार छलफल जारी छ । विवाद नटुङ्गिएसम्म निषेधाज्ञा जारी रहने छ ।