अर्थ

‘जाउँ है पोखरा’ अभियान सुरु  



काठमाडौँ, ९ चैत । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान कार्यक्रम सुरु भएको छ ।

होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुनेछ ।

पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए ।