अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।