समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, ९ चैत । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबारराति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले हो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।