समाचार

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौँ, १० चैत । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राति करिब रााढे  १२ बजे आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको हो ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।