अर्थ

गृह मन्त्रालयद्वारा वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न आग्रह



काठमाडौँ, १० चैत । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । 

मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।