काठमाडौँ, १० चैत । ताप्लेजुङको पाथीभराबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या भई एक बालकको मृत्यु भएको छ ।
पाँचथर हिलिहाङ गाउँपालिका-२ का ३० महिनाका सोहन श्रेष्ठको पाथीभरा दर्शन गरेर फर्कने क्रममा सोमबार मृत्यु भएको हो ।
बालकको मृत्यु भएपछि पाथीभरा क्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालय ताप्लेजुले स्वास्थ्यमा समस्या देखिए तुरुन्तै स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन् ।
बालबालिकादेखि ठूला तीर्थयात्रामा स्वास्थ्यसम्बन्धी समस्या आए माथिल्लो फेदीमा रहेको प्राथमिक उपचार केन्द्र, प्रहरी चौकी वा काफ्लेपाटी रहेको पर्यटक प्रहरी सहायता डेस्कमा तत्काल सम्पर्क गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टाशङ्कर यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरामा चिसोका कारण बिरामी हुने र ज्यानै जाने गरेका घटना अरू पनि हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्