काठमाडौँ, १० चैत । दार्चुलाबाट जुवातास खेलिरहेका सातजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ तल्लासैन बस्ने ५२ वर्षीय मोहनसिंह विष्टले सञ्चालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोहनसमेत सातजनालाई सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ५० हजार र दुई बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्