समाचार

बर्दियामा चल्यो गोली



काठमाडौँ, १० चैत । प्रहरीले बर्दियामा गोली चलाएको छ ।

स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध हरदी प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

३–४ दिनअघि दुई जना युवक मादक पदार्थ सेवन गरेर घरमा गएका र पछि बिरामी परेका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर क्षतिपूर्तिको माग गरेका हुन् । 

उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको आशङ्का गरिएको छ । उनीहरूको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।