काठमाडौँ, १३ चैत । विदेश पठाउने भन्दै साढे ३५ लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाम नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने २८ वर्षीय मनोज दाहाललाई पक्राउ गारो हो ।
दाहालले आइसल्यान्ड पठाइदिने भनी एकजना पीडितबाट साढे ३५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्