समाचार

भिरबाट लडेर एक युवकको मृत्यु



हुम्ला, १४ चैत । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो । घाइते भएका नेपालीलाई उपचारका क्रममा जिल्ला अस्पताल हुम्ला पुगाइएका उनको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा विमानस्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।