काठमाडौँ, १५ चैत । वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ ।
वर्षातसँगै आएको बाढी र पहिरो कारण राजमार्ग शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको करिब ३६ घण्टापछि आज बिहान ६ बजेबाट राजमार्गमा यातायात दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनका अनुसार, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाढी र पहिरोले अवरुद्ध भएको राजमार्ग खुलाइएको हो । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्