समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १६ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सुनसरी प्रहरीका अनुसार दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको हो । प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।